हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु
बिहीबार, २० मङ्सिर २०८१, ११ : ००
नयाँ दिल्ली । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो ।
फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड लागेको थियो । यसैबिच भागदौड भएर भीड अनियन्त्रित हुँदा एक महिलाको मृत्यु भएको छ । यस घटनामा महिलाका छोराको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
के भन्छन् प्रहरी ?
हैदरावादमा फिल्म पुष्प २ रिलिजको क्रममा मच्चिएको भागदौडमा ३५ वर्षीय महिला रेवतीको मृत्यु भएको चिक्कडपल्ली प्रहरीले बीबीसी तेलुगुलाई भनेको छ । प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण