सुपर हिरोको कथामा फिल्म बनाउँदै निखिल
काठमाडौँ । फिल्म क्षेत्रमा यतिबेला कमब्याकको लहर चलिरहेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारले कमब्याक गरिसकेका छन् ।
यस्तैमा अभिनेता निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्षको सुरुवातबाटै नयाँ फिल्म निर्देशन थाल्ने भएका छन् । रातोपाटीसँग कुराकानी गर्दै निखिलले आफू नयाँ फिल्मको प्रोडक्सनमा लागेको बताए । आफ्नो निर्माण रहने फिल्म सुपर हिरोको कथामा हुने उनले जानकारी दिए ।
‘फिल्म द्वन्द्वप्रधान, सुपर हिरोको कथामा हुनेछ’, निखिलले भने ‘मेरो फिल्मले युवापुस्तालाई धेरै कुरा सिकाउनेछ ।’ फिल्मका लागि निखिल अहिले प्याराग्लाइडिङ समेत प्राक्टिक्स गरिरहेका छन् ।
निखिलले केही अगाडि अर्को एक फिल्म सामाजिक पारिवारिक विषयमा निर्माण तयारी गरेका थिए । जसको तीन गीत समेत रेकर्ड भएको थियो । ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो मेरो फिल्मले देखाउँछ’ उनले भनेको थिए । अहिले भने उनी सुपर हिरोको कथामा फिल्म बनाउने तयारीमा छन् ।
एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण