सुपर हिरोको कथामा फिल्म बनाउँदै निखिल
काठमाडौँ । फिल्म क्षेत्रमा यतिबेला कमब्याकको लहर चलिरहेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारले कमब्याक गरिसकेका छन् ।
यस्तैमा अभिनेता निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्षको सुरुवातबाटै नयाँ फिल्म निर्देशन थाल्ने भएका छन् । रातोपाटीसँग कुराकानी गर्दै निखिलले आफू नयाँ फिल्मको प्रोडक्सनमा लागेको बताए । आफ्नो निर्माण रहने फिल्म सुपर हिरोको कथामा हुने उनले जानकारी दिए ।
‘फिल्म द्वन्द्वप्रधान, सुपर हिरोको कथामा हुनेछ’, निखिलले भने ‘मेरो फिल्मले युवापुस्तालाई धेरै कुरा सिकाउनेछ ।’ फिल्मका लागि निखिल अहिले प्याराग्लाइडिङ समेत प्राक्टिक्स गरिरहेका छन् ।
निखिलले केही अगाडि अर्को एक फिल्म सामाजिक पारिवारिक विषयमा निर्माण तयारी गरेका थिए । जसको तीन गीत समेत रेकर्ड भएको थियो । ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो मेरो फिल्मले देखाउँछ’ उनले भनेको थिए । अहिले भने उनी सुपर हिरोको कथामा फिल्म बनाउने तयारीमा छन् ।
एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला ?
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे