एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा
शनिबार, २२ मङ्सिर २०८१, ०४ : ३३
काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानलाई हराउँदै एटलान्टा शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा एटलान्टाले पाहुना टोली एसी मिलानलाई २–१ गोल अन्तरले हरायो ।
एटलान्टालाई जिताउन एडेमोला लुकम्यान र चाल्र्स क्याटेलियरले गोल गरे । पाहुना टोलीको तर्फबाट अग्रपंक्तिका अल्भारो मोराटाले एक गोल फर्काए । यो जितसँगै एटलान्टा केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ ।
उसको १५ खेलबाट ३४ अंक भएको छ भने एक खेल कम खेलेको नापोलीको ३२ अंक छ । एटलान्टाले ३ लेख गुमाइसक्दा नापोलीले दुई खेल मात्रै हारेको अवस्था छ । जसकारण नापोलीको शीर्ष स्थानमा उक्लिने सम्भावना प्रवल नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण