सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, २३ मङ्सिर २०८१, १३ : ४६
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
- धनुषाको मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका-१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- सुनसरीको हरिनगर गाउँपालिका-४ हरिनगरा बजारस्थित सडकमा को.१ ख ६४३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री देवानगंज गाउँपालिका-७ बस्ने ५० वर्षीय झलु उरावको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ प्रदिपनगरस्थित सडकमा गणेशनगरबाट प्रदिपनगरतर्फ जाँदै गरेको लु.३ त ६५४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका बस्ने ३५ वर्षीय रामकेश कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण