नेकपाको स्थायी समिति बैठक कपिलवस्तुमा, केन्द्रीय समिति बैठक मङ्सिर २६ गते
आइतबार, २३ मङ्सिर २०८१, १७ : ०१
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने विप्लवका सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सोमबार र मङ्गलवार पोलिटब्युरो बैठक बस्नेछ । स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए ।
प्रत्येक ६/६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् । यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण