नेकपाको स्थायी समिति बैठक कपिलवस्तुमा, केन्द्रीय समिति बैठक मङ्सिर २६ गते
आइतबार, २३ मङ्सिर २०८१, १७ : ०१

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने विप्लवका सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सोमबार र मङ्गलवार पोलिटब्युरो बैठक बस्नेछ । स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए ।
प्रत्येक ६/६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् । यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना