दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघ्यो
काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढि रकम संकलन भएको छ । सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै टिकट लिने गरेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले रातोपाटीलाई बताए ।
‘विदेशी नागरिक खासै धरहरा चढ्दैनन् । हामीले के–कति विदेशी नागरिक चढे भन्ने तथ्यांक त राखेका छैनौँ तर अन्दाजी एक सातामा करिब ४ जनाले टिकट काट्ने गरेको देखिन्छ ,’ राईले भने ।
सरकारले मङ्सिर ९ गतेदेखि दैनिक १२५० को सख्या भौतिक रूपमा उपस्थित भई सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ । धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण