दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघ्यो
काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढि रकम संकलन भएको छ । सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै टिकट लिने गरेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले रातोपाटीलाई बताए ।
‘विदेशी नागरिक खासै धरहरा चढ्दैनन् । हामीले के–कति विदेशी नागरिक चढे भन्ने तथ्यांक त राखेका छैनौँ तर अन्दाजी एक सातामा करिब ४ जनाले टिकट काट्ने गरेको देखिन्छ ,’ राईले भने ।
सरकारले मङ्सिर ९ गतेदेखि दैनिक १२५० को सख्या भौतिक रूपमा उपस्थित भई सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ । धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
-
यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
-
दलित मुसहर परिवारमा शीतलहरको कहर