संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्छ : सांसद श्रेष्ठ
सिन्धुली । बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्ने बताएका छन् । सोमबार बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सिन्धुलीमा आयोजित जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद श्रेष्ठले प्रदेशको सबलीकरण गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक वर्ष २०८२र०८३ को बजेट निर्माण गर्दा सरकार र जनप्रतिनिधिहरूले मतदाता केन्द्रित मानसिकता त्याग्नुपर्ने बताए । उनले विधायकले विकासको भारी बोक्ने नभई राम्रो नीति निर्माणमा केन्द्रित बन्नुपर्ने बताए । उनले पहुँचको आधारमा नगरेर आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए । त्यसका लागि योजना बैंकमा योजना संकलन गर्ने, प्रदेश नीति तथा योजना आयोगले सिफारिस गरेको योजनालाई मात्र समावेश गर्नुपर्नेमा उनको जोड छ ।
सांसद श्रेष्ठले अध्ययन, अनुसन्धान गर्नका लागि पनि समग्र बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए । बजेटको ४० प्रतिशत पुँजीगततर्फ विनियोजन गर्नुपर्ने उनले बताए । त्यस्तै टुक्रे योजनामा नभई रणनीतिक योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण