चालक निदाएपछि चन्द्रनिगाहापुरमा स्कार्पियो दुर्घटना : प्रहरी
काठमाडौँ । रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा गएराति स्कर्पियो दुर्घटना चालक निदाएका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीका अनुसार घटनामा मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ ।
बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले जानकारी दिए ।
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ स्स्कार्पियो चालक श्रीकुमार यादव, यात्रुहरू ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए ।
घाइते हुनेहरूमा सोही ठाउँका उमेश महराको श्रीमती वर्ष ३० की राधा महरा, उमेश महराको छोरा वर्ष २ का आर्यन महरा, गणेश महराको श्रीमती २५ की देव कुमारी महरा, वर्ष ७ को ऋतिक महरा, भित्री चोट र वर्ष ६० की कन्या देवी महरा रहेका छन् ।
घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
-
उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?
-
टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा
-
‘फेरि रेशम फिलिली’मा सिक्वेल गीत ‘पारी त्यो डाँडामा’
-
कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने