शून्य भन्सारमा भारतबाट सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिन व्यवसायीको माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडको मूल्यवृद्धि रोक्न उद्योगमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो।
मूल्यवृद्धि रोक्न नसके भारतबाट शून्य प्रतिशत भन्सारमा सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिनलगायत उद्योग मन्त्री भण्डारीसमक्ष विभिन्न मागहरू राखेको महासंघले जनाएको छ ।
‘सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीमा हालै भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योगमा परेको असर बारे अवगत गराउँदै तत्काल उक्त मूल्यवृद्धि खारेजीका लागि आवश्यक पहल गरिदिन ध्यानाकर्षण गराएको छ,’ महासंघले भनेको छ,‘राज्यले व्यवसायीहरूको अरबौँ रकम भुक्तानी गर्न नसकिरहेको स्थितिमा विना कारण सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि सरकारले खारेज गर्न नसक्ने हो भने निर्माणाधीन आयोजनाहरूको पुनर्मुल्याङ्कन गरी सार्वजनिक खरिद ऐन अनुसार मूल्य समायोजन हुने गरी सबै जिल्ला दररेट समितिलाई वृद्धि भएको दररेट कायम गर्ने व्यवस्था गर्न र भारतबाट शून्य प्रतिशत दरमा भन्सारमा सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिन मन्त्री ज्यूलाई आग्रह गरेको छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण