विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २० औँ खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
_D7bDib2eI7.jpg)
विराटनगरका लागि स्कट एडवर्डसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २६ रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए ।
_9WKCQxkoIK.jpg)
त्यस्तै, बसिर अहमदले २० बलमा २१ रन बनाए । उनले एक छक्का प्रहार गरे । निकोलस किर्तनले १६ बलमा १९ रन बनाए । उनले एक छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
_FSpbADP9uh.jpg)
पोखराका लागि सगर ढकालले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए । रेमन राइफरले पनि ४ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
_QPqTboDxme.jpg)
पोखरा र विराटनगर दुवैको यो पाँचौँ खेल हो । दुवै टोलीले हालसम्म खेलका ४ खेलमध्ये एक–एक खेलमात्र जित्न सकेका छन् । पोखरा र विराटनगर २–२ अङ्क बटुल्दै क्रमशः सातौँ र आठौँ स्थानमा छन् । दुवै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण