विराटनगर र पोखराबिचको खेल बराबर, सुपर ओभर हुने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को २० औँ खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स बिचको खेल बराबर भएको छ । १ सय ४० लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । एनपीएलमा अब पहिलोपटक सुपर ओभरले खेलको नतिजा निर्धारण हुनेछ ।
खेलको अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएकोमा रेमन राइफरले दुई छक्का र एक रन लिँदै स्कोर बराबर गरे । उनले २३ बलमा ३४ रन जोडे ।
पोखरालाई आन्द्रियस गाउसले राम्रो सुरुवात दिलाएका थिए । उनले २७ बलमा ७ चौका प्रहार गरे । यसअघि फर्ममा नरहेका कप्तान कुशल भुर्तेलले पनि ३१ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ३४ बलमा २ चौका र एक छक्का हिर्काए ।
ओपनर दिनेश खरेलले ११ बलमा ११ रन जोडे । उनले एक छक्का प्रहार गरे । माइकल लिस्कले पनि १२ बलमा ११ रन नै जोडे ।
विराटनगरका लागि प्रतिश जिसीले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट एडवर्डसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २६ रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, बसिर अहमदले २० बलमा २१ रन बनाए । उनले एक छक्का प्रहार गरे । निकोलस किर्तनले १६ बलमा १९ रन बनाए । उनले एक छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पोखराका लागि सगर ढकालले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए । रेमन राइफरले पनि ४ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म