प्लेअफको दौडमा चितवनलाई विराटनगरको झट्का
काठमाडौँ । प्लेअपमा पुग्ने आशामा रहेको चितवन राइनोजलाई विराटनगर किंग्सले नमिठो झट्का दिएको छ । बसिर अहमदको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो । टोलीका लागि अमर रौटेलाले सर्वाधिक ४२ रनको योगदान दिए । अन्तिम ओभरमा उनी लोकेश बमको बलमा क्याच आउट हुनअघि उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
सन्तोष कार्कीले २५ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २५ बलमा २५ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । रवि बोपारा २४ बलमा २० रन बनाउँदै पभेलियन फर्किए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिए । क्रिस सोल, बसिर अहमद, लोकेश बम र सुवास भण्डारीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । टोलीका लागि बसिर अहदमले ६८ रनको शानदार इनिङ्स खेले । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै ओपनर मार्टिन गप्टिलले ३५ बलमा ४५ रन जोडे । उनले १ चौका र ४ छक्का हिर्काए । यता, राजेश पुलामीले २० बलमा ३३ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १ चौका र ३ छक्का हिर्काए ।
विराटनगरको सुरुवात भने राम्रो हुन सकेन । टोलीले दोस्रो ओभरमा मात्र १० रनको स्थितिमा ३ विकेट गुमाएको थियो । लोकेश बम दोस्रो बलमा नै शून्य रन बनाएर पभेलियन फर्किएका थिए । लगत्तै पाँचौँ बलमा दीपक बोहोरा ४ रन बनाएर आउट भए । दुवै जना रिजन ढकालको शिकार भएका थिए ।
स्कट एडवार्र्डस् पनि लामो समय टिक्न सकेनन् । उनी शून्य रनमा पभेलियन फर्किए । निकोलस किर्तन ८ रन बनाएर आउट हुँदा टोलीले ६.२ ओभरमा ४ विकेटको क्षतिमा ३३ रन मात्र बनाउन सकेको थियो । त्यसपछि भने विराटनगरले खेलमा फर्किँदै राम्रो योगफल तयार गर्न सफल भएको थियो ।
चितवनका लागि रिजन ढकालले २ विकेट लिए । त्यस्तै, सोहेल तनवीर, बसिल हमिद र कुशल मल्लले १–१ विकेट लिए । जीतपछि विराटनगरले प्लेअफमा पुग्ने झिनो आशा कायम राखेको छ । यता, ठुलो अन्तरको हार बेहोरेको चितवनको नेट रन रेटमा पनि झट्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस