नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा खड्का
शनिबार, २९ मङ्सिर २०८१, २० : १६
झापा । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएका निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।
उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म
-
आबुधावीस्थित नेपाली दूतावासमा विशेष काउन्टर राखेर राहदानी नवीकरण, शनिबार ५४८ जनाले लिए सेवा
-
दुबईबाट काठमाडौँ फर्किँदा गायक अमात्यको ब्यागको ताल्चा काटिएपछि...
-
अखिल क्रान्तिकारीको निर्वाचन : लुम्बिनी प्रदेशबाट कसले कति मत पाए ? (नतिजासहित)
-
सुदूरपश्चिम प्रदेशमा पनि हेमन्त राईको अग्रता
-
कोशीमा हेमन्त राईलाई सुरुवाती अग्रता