लोकतन्त्र, गणतन्त्र र संघीयताबारे पाठ्यक्रममा राखेर पढाउनु पर्छ : श्रेष्ठ
सिन्धुली । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र संघीयताको विषय पाठ्यक्रममा राखेर विद्यार्थीहरूलाई पढाउनुपर्ने बताएका छन् ।
मंगलबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित श्री माध्यामिक विद्यालय कर्मीडाँडा, चिसापानीको ४६ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीहरूलाई पाठ्यक्रममा राखेर लोकतन्त्र, गणतन्त्र र संघीयताका बारेमा पढाउन नसक्दा नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको बताए । उनले विज्ञान, प्रविधि, सूचना र सञ्चारको अभूतपूर्व विकास सँगसँगै हुर्कदै गरेको नयाँ पुस्तालाई हेरेर प्रदेश सरकारले हरेक नीति, योजना, कार्यक्रमहरू बनाउनुपर्नेमा जोड दिए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति तीनवटा कुरा एकसाथ सिकाउनु पर्ने बताए ।
सांसद श्रेष्ठले अहिलेको शिक्षाले यी तीनवटै कुरा राम्रोसँग सिकाउन नसकेको कारण समाजमा शैक्षिक बेरोजगारहरूको संख्या वर्षैपिच्छे थपिँदै जाने र रोजगारीको खोजीमा युवाहरू दिनानुदिन विदेश पलायन हुने समस्या बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण