हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
काठमाडौँ । हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो ।
यसमा दैनिक एक चौथाइ ग्लास वाइन पिउनेहरूमा पिउँदै नपिउने मानिसहरूको तुलनामा हर्ट एट्याक वा स्ट्रोक जस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिम ५० प्रतिशतले घटेको पाइयो । तर दिनको एक ग्लासभन्दा धेरै वाइन पिउनेहरूमा भने वाइनले पार्ने सुरक्षात्मक प्रभाव हराएको अध्ययनका लेखक डा.रामोन एस्ट्रचले भनेका छन् । एष्ट्रचले बार्सिलोना विश्वविद्यालयमा मुटुसम्बन्धी रोग, पोष र बुढ्यौलीको अध्ययन गरिरहेका छन् ।
यो अध्ययनले स्वस्थकर आहार (जस्तै मेडिटेरियन आहार) अपनाउँदै ठिक्क मात्रामा वाइन खानुको महत्त्व जाँचेको एस्ट्रच भन्छन् । अध्ययनले वाइनलगायतका रक्सीले स्वास्थ्यमा पार्न सक्ने चिरपरिचित क्षतिबारे विचार नगरेको आलोचकहरू बताउँछन् ।
अध्ययनले थोरै मात्रामा वाइन खाँदा मुटुको रोग लाग्ने जोखिम कम हुन्छ भनेर भनेको भए पनि वाइनको बोतल खोल्नुपर्ने भरपर्दो कारण यसले देखाउन नसकेको विज्ञहरू बताउँछन् । अत्यधिक रक्सीको खपत मुटुको स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।
धेरै रक्सी खाँदा मुटुको रोगको जोखिम बढ्छ नै साथै उच्च रक्तचाप जस्ता समस्याका साथै कलेजोमा समस्या देखिन्छ । यसका कारण ६ थरी क्यान्सर हुन्छ भनेर हालै गरिएको एउटा अध्ययनले पनि देखाएको थियो । रक्सी खाइने ग्लासको आकारबारे पनि विज्ञहरूले प्रश्न उठाएका छन् ।
‘मान्छेहरूले अलिकति वाइन खानु मुटुको लागि राम्रो हो’ भनिरहेको त आफूहरूले सुनेको तर ‘धेरै वाइन खानु मुटुको लागि राम्रो होइन’ भन्ने कुरा आफूहरूलाई थाहा भएको अक्सफोर्ड विश्वविद्यालयमा कार्डियोभस्कुलर मेडिशिनका प्राध्यापक पल लिसनले भनेका छन् । लिसन यो अध्ययनमा भने सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण