चन्द्रमा वा मंगलमा यस्तै होला त मान्छे बस्ने घर ?
नयाँ दिल्ली । माथि चित्रमा देखिएको जस्तै अन्डा आकारको संरचना भविष्यमा अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूको घर बन्ला त ? ह्याब–१ अर्थात् ह्याबिटाट–१ भारतीय अन्तरिक्ष एजेन्सी इसरोको पहिलो ‘एनालग मिशन’ हो । भारतीय अन्त्रिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने तयारी गरिरहेको समयमा इसरोले उनीहरूका लागि बस्ने बन्दोबस्तबारे पनि सोचिरहेको छ ।
हालै लद्दाखको उच्च हिमाली भेगमा तीन हप्तासम्म ह्याब–१ परीक्षण गरिएको थियो । यो परीक्षणले अन्तरिक्ष मिशन अघि अन्तरिक्ष यात्री र उपकरणले सामना गर्न सक्ने समस्याहरूको पहिचान गर्न र त्यसको समाधानमा मद्दत गर्ने अन्तरिक्ष वास्तुकार आस्था कचा–झालाले बताएकी छिन् । स्पेश–ग्रेड टेफलनबाट बनाइएको ह्याब–१ लाई औद्योगिक क्षेत्रमा प्रयोग गरिने फोम इन्सुलेशन गरिएको छ । यसमा एउटा बिछौना छ । वर्कस्टेशनका रुपमा प्रयोग गर्न सकिने स्टोवावे ट्रे पनि छ ।
आवश्यक सरसामान र आकस्मिक किट राख्न स्टोरेज पनि छ । खानेकुरा तताउन किचन केटल छ भने एउटा शौचालय पनि छ । चन्द्रमा वा मंगल ग्रहमा ठाउँ निकै थोरै हुनेछ भन्ने कुरालाई ध्यानमा राखेर ह्याब–१ बनाइएको कचा–झालाले भनेकी छिन् ।पानी पनि सीमित हुने भएकोले सुख्खा शौचालय बनाएको पनि उनले बताइन् । बस्नेलाई दूर्गन्धले नसताओस् भनेर फोहोर व्यवस्थापनको लागि छुट्टै सिष्टम बननाइएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण