चन्द्रमा वा मंगलमा यस्तै होला त मान्छे बस्ने घर ?

नयाँ दिल्ली । माथि चित्रमा देखिएको जस्तै अन्डा आकारको संरचना भविष्यमा अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूको घर बन्ला त ? ह्याब–१ अर्थात् ह्याबिटाट–१ भारतीय अन्तरिक्ष एजेन्सी इसरोको पहिलो ‘एनालग मिशन’ हो । भारतीय अन्त्रिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने तयारी गरिरहेको समयमा इसरोले उनीहरूका लागि बस्ने बन्दोबस्तबारे पनि सोचिरहेको छ ।
हालै लद्दाखको उच्च हिमाली भेगमा तीन हप्तासम्म ह्याब–१ परीक्षण गरिएको थियो । यो परीक्षणले अन्तरिक्ष मिशन अघि अन्तरिक्ष यात्री र उपकरणले सामना गर्न सक्ने समस्याहरूको पहिचान गर्न र त्यसको समाधानमा मद्दत गर्ने अन्तरिक्ष वास्तुकार आस्था कचा–झालाले बताएकी छिन् । स्पेश–ग्रेड टेफलनबाट बनाइएको ह्याब–१ लाई औद्योगिक क्षेत्रमा प्रयोग गरिने फोम इन्सुलेशन गरिएको छ । यसमा एउटा बिछौना छ । वर्कस्टेशनका रुपमा प्रयोग गर्न सकिने स्टोवावे ट्रे पनि छ ।
आवश्यक सरसामान र आकस्मिक किट राख्न स्टोरेज पनि छ । खानेकुरा तताउन किचन केटल छ भने एउटा शौचालय पनि छ । चन्द्रमा वा मंगल ग्रहमा ठाउँ निकै थोरै हुनेछ भन्ने कुरालाई ध्यानमा राखेर ह्याब–१ बनाइएको कचा–झालाले भनेकी छिन् ।पानी पनि सीमित हुने भएकोले सुख्खा शौचालय बनाएको पनि उनले बताइन् । बस्नेलाई दूर्गन्धले नसताओस् भनेर फोहोर व्यवस्थापनको लागि छुट्टै सिष्टम बननाइएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह