प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न : ऐन महरलाई कहिले कारबाही हुन्छ ?
काठमाडौँ । नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् । रश्मिलाले बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएको दाबी गरेकी छन् ।
न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेकी रश्मिलालाई मङ्गलवार आमरण अनसन स्थलमा राजमति बम ‘रक्षा’ को टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई न्याय तथा सुरक्षाको लागि सार्वजनिक अपिल गरेकी हुन् ।
रश्मिलाले भनिन्,‘म र अभियन्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपिट भयो, के हामीले सडकमा धर्ना बस्न पनि नपाइने हो ? एमाले पार्टीको खोल ओढेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ l’
एकातिर कतैबाट पनि न्याय नपाउने र अर्कोतिर सोही कारणले आफ्नो घरबार बिग्रिएको बताउँदै रश्मिलाले भनिन्, ‘सम्बन्ध विच्छेद गरिसकेको मेरो श्रीमान् र घर परिवारलाई धम्काउने, हातहतियार देखाउने मात्रै हैन, मेरो नाबालक १० वर्षको छोरालाई समेत मानसिक यातना दिइएको छ, अब म के गरूँ ?’
नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन् । उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ । रश्मिलाले न्यायमा ढिलाइ भएकाले आफू आमरण अनसनमा बस्न बाध्य भएको बताएकी छन् । यसअघि उनले न्याय नपाएको भन्दै आत्मदाह गर्ने प्रयास गरेका थिइन् ।
त्यसैगरी अभियन्ता आरती रावल गिरीले नेपालमा ऐन महर जस्ता व्यक्ति हरेक पार्टीमा रहेको र तिनीहरूलाई नेताहरूले नै संरक्षण गरेको आरोप लगाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण