पर्यटन क्षेत्रको विकास गर्न बौद्ध सर्किट महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।
प्रदेश सरकारले बृहत् लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिङ्गो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए । उनले प्रदेश सरकारले तिलौराकोटदेखि नवलपरासीको रामग्राम सम्मका सम्पदाहरूलाई जोड्ने गरी पर्यटन थप पूर्वाधार निर्माण गर्ने बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नेगरी पर्यटकीय स्थलहरुको विकासको काम अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । पार्कहरूमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने उनले बताए ।
उनले बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाऊँ बर्दिया अभियान सञ्चालन गरेको बताउँदै देव दहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्ने बताए ।
बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो ।
२०६९ सालमा कार्य योजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्यक्ष जोडिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण