चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी
काठमाडौँ । एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् ।
आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
फेसबुक रिलमार्फत एक व्यक्तिले आपत्तिजनक फेक भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेकाले कानुन बमोजिम कारबाही माग गर्दै शनिबार ब्युरोमा निवेदन दिएको समीक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।
‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले भनिन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु ।’
अधिकारीले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकान'नी क्रियाकलाप नगरी दिन सबैसँग अनुरोध समेत गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण