साडीमाथि सर्ट लगाएर फिल्मको प्रोमोसनमा पुगिन् सोनम, करिनाको यस्तो लुक
शुक्रबार, ११ जेठ २०७५, १० : २८
करिना कपूर, सोनम कपूर स्टारर फिल्म वीरे दी वेडिङ जून १ मा रिलिज हुँदै छ । उक्त फिल्मको प्रोमोशनमा फिल्मको पूरा स्टार कास्ट आजकाल व्यस्त छन् । हालै फिल्मको प्रोमोशनका क्रममा सोनम, करिना, स्वरा र शिखा सुन्दर अन्दाजमा देखिए ।
सोनम कपुरले सेतो सर्टसँग निलो रङको साडी लगाएर फिल्मको प्रोमोशनमा पुगेकी थिइन् । उनको यो अचम्मको फेशन उनका प्रसंशकलाई मन पर्यो ।
यता, करिना कपुर प्रोमोशनमा डेनिम स्कर्ट र ज्याकेटमा देखिइन् । तैमुरको जन्मपछि करिनाको यो पहिलो फिल्म हो ।
स्वरा भास्कर वीरे दी वेडिङको ट्रेलरमा पहिलो पटक बोल्ड अन्दाजमा देखिएकी छिन् ।
यस्तै, शिखा तल्सानिया सेतो पहिरनमा प्रोमोशनमा पुगिन् । फिल्मलाई रिया कपूर र एकता कपूरले निर्माण गरेका हुन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण