इरानले हटायो ह्वाट्सएप, गुगल पेमाथिको प्रतिबन्ध
तेहरान । पछिल्लो समय इरान केही लचिलो बन्दै गइरहेको छ । इन्टरनेटमा कडा प्रतिबन्ध र विभिन्न मामिलामा कडा कानुन लगाउने भनेर देश चिनिएको इरान अहिले नम्र बनेको छ । केही समयदेखि अघि इरानमा हिजाब कानूनसम्बन्धी विवादास्पद कानुनको विश्वभर आलोचना भएको थियो ।
त्यसपछि इरान सरकारले झुक्दै यो कानुन फिर्ता लिनुपर्यो । अब इरानले आफ्नो देशमा अनलाइन पेमेन्ट एप गुगल पे र मेटाको मेसेजिङ एप ह्वाट्सएप चलाउन अनुमति दिएको छ । प्रतिबन्ध हटाउने विषयमा बहुमतले मतदान गरेको र यो सकारात्मक भएको इरानका सञ्चारमन्त्री हाशमीले बताएका छन् ।
इरानी अधिकारीहरूले पनि इन्टरनेटमा लगाइएका बाँकी प्रतिबन्धहरूमध्ये मेटाको इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म व्हाट्सएप र गुगल पेमाथिको प्रतिबन्ध हटाइएको बताए ।
इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले मंगलबार राष्ट्रपति मसुद पेजेस्कियानको अध्यक्षतामा भएको बैठकलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । ‘आज इन्टरनेटमाथिको प्रतिबन्ध हटाउनेतर्फ पहिलो कदम चालिएको हो,’ हाशमीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण