सुमो दुर्घटनाका घाइते राईको मृत्यु
खोटाङ । सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिई फर्किंदै गरेको ना१ज ७१८१ नंको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।
राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको थियो । राईको टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए ।
सडकमै रोकेर राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए ।
प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय आइपुगेका चालक राईलाई जिल्ला अस्पताल खोटाङ लगेर स्वास्थ्य परीक्षण गरेपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण