कविता
कुन पार्टीलाई भोट दिऊँ
शनिबार, १३ पुस २०८१, ११ : ४५
आफ्नै देशमा काम पाए
काम बमोजिम दाम पाए
मलाई अब साउदी गएर
ताता घाममा सडक लिप्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
आफ्नै देशमा सुविधा सम्पन्न
गुणस्तरीय उच्चशिक्षा पाए
मलाई अब अमेरिका गएर
मास्टर र पिएचडी गर्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
सेवा सम्पन्न अस्पताल भए
औषधी सस्तो सुलभ भए
मलाई अब उपचार गर्न
एपोलो मेदान्त जानु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
देश र नेपालीको घरघरमा
उन्नति र विकाश देख्न पाए
टेक्नोलोजी र ट्रान्सपोर्टेशन हेर्न
सिंगापुर र जापान जानु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
हरेक क्षेत्रमा सुशासन छाए
घूस र भ्रष्टाचार निर्मूल भए
सेवा सुरक्षा अधिकारको लागि
नारा जुलुस गर्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण