दक्षिण कोरियामा विमान दुर्घटना : अहिलेसम्म ९४ जनाको शव बरामद
सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या ९४ जना पुगेको छ । अहिलेसम्म उद्धारकर्मीहरूले ९४ जनाको शव फेला पारेको भन्दै त्यहाँको सरकारी समाचार संस्था योन्हापले समाचार छापेको छ । त्यहाँको राष्ट्रिय अग्नि विमागले एउटा विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारमा भनिएको छ ।
आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाका कारण मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान रोक्का गरिएको छ । यस दुर्घटनामा अहिलेसम्म २ जनाको जीवितै उद्धार गरिएको छ ।
दुघर्टनामा परेको विमान बोइङ ३७३–८०० को निर्माता कम्पनी बोइङले समवेदना जारी गरेको छ । विमानको मालिक कम्पनी जेजु एयरका हाकिमहरूले पनि दुघर्टनामा परेका पीडितहरूको परिवारसँग माफी मागेका छन् । अहिलेको लागि मृतकको परिवारलाई टेवा आफ्नो शीर्ष प्राथमिकता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकारी किम इ–बेएले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण