अस्ट्रेलियाविरुद्धको पाँचौँ टेस्टपछि सन्न्यास लिने तयारीमा रोहित शर्मा
काठमाडौँ । भारतीय टोलीका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
बोर्डर–गावस्कर शृंखला अन्तर्गतको पाँचौँ तथा अन्तिम खेल जनवरी ३ तारिखमा अस्ट्रेलियाको सिड्नीमा खेलिँदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार, अनुभवी ब्याट्सम्यान रोहितका लागि उक्त टेस्ट नै अन्तिम हुनेछ ।
जारी बोर्डर–गावस्कर शृंखलामा रोहित शर्माको प्रदर्शन निराशाजनक रहेको छ । रोहितसँगै अर्का अनुभवी ब्याट्सम्यान विराट कोहलीको प्रदर्शन पनि बिर्सनलायक छ । त्यसैले यी दुवै अनुभवी खेलाडीको व्यापक आलोचना पनि भइरहेको छ ।
पूर्वखेलाडीहरुले समेत रोहित र विराटको प्रदर्शनको आलोचना गरेका छन् । रोहितको कप्तानीमा भारतले जारी बोर्डर–गावस्कर शृंखला नजित्ने पक्का भइसकेको छ । शृंखलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । अन्तिम टेस्ट भारतले जिते पनि शृंखला बराबरीमा सकिने छ ।
यसअघि भारतले लगातार चारपटक बोर्डर–गावस्कर शृंखला जित्दै आएको थियो । यसका अतिरिक्त रोहितको कप्तानीमा भारत आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत नपुग्ने सम्भावना बढेको छ । त्यसैले पनि पछिल्लो समयका उनको आलोचना बढेको हो ।
कप्तान रोहितले बोर्डर–गावस्क शृंखलाको पाँच पालीमा केवल ३१ रन बनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, आफ्नो सन्न्यासको विषयमा रोहितले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पदाधिकारीहरूसँग पनि छलफल गरिसकेका छन् ।
बीसीसीआईका केही उच्च अधिकारीले भने रोहितलाई तत्काल सन्न्यास नलिन सुझाव दिएको समाचारमा जनाइएको छ । तर, रोहित भने आफ्नो निर्णयमा अडिग रहेको बताइएको छ ।
तर, भारतीय टोली टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेमा रोहितको सन्न्यास केही समयका लागि लम्बिन सक्ने पनि समाचारमा दाबी गरिएको छ । उनले बीसीसीआईका पदाधिकारीहरूसँग पनि यो प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026