माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नामसालिङ मावि च्याम्पियन
काठमाडौँ । माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माईजोगमाई–४ नामसालिङस्थित नेपाल ज्योति माविको प्राङ्गणमा समापन भएको छ । माईजोगमाई गाउँपालिका भित्रका एक निजी र आठवटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिभल र एट्लेटिक्सका स्पर्धाहरू समावेश गरिएको थियो ।
माईजोगमाई गाउँपालिकाको आर्थिक लगानीमा विद्यालयको खेल मैदान निर्माण गरेर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा मार्च पास्टतर्फ शुभकन्या बोर्डिङ स्कुल पहिलो भयो ।
भलिभलतर्फ नामसालिङ मावि र अमर कल्याण माविले एक–एक स्वर्ण, नेपाल ज्योति मावि र प्याङ माविले एक–एक रजत पदक हात पारे । एट्लेटिक्सतर्फ नेपाल ज्योति माविले पाँच स्वर्ण, ६ रजत र पाँच कांस्य पदक हात पार्यो ।
नामसालिङ माविले नौ स्वर्ण, आठ रजत र चार कांस्य पदक, अमर कल्याण माविले आठ स्वर्ण, तीन रजत र ६ कांस्य पदक, सिरिसे माविले तीन स्वर्ण, ६ रजत र दुई कांस्य पदक र सरस्वती माविले एक स्वर्ण र दुई कांस्य पदक हात पार्यो ।
यसैगरी, प्याङ माविले दुई रजत र तीन कांस्य तथा ज्ञानोदय माविले एक रजत र तीन कांस्य पदक हात पारे । शुभकन्य मावि पनि एक कांस्य पदक जित्न सफल भयो । शिवमाई माविले भने कुनै पनि पदक जित्न सकेन ।
यस वर्ष पनि नामसालिङ माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि चुम्यो । गत वर्ष पनि नामसालिङ माविले नै उपाधि चुमेको थियो । आगमी बर्षको माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड आयोजनाको जिम्मा ज्ञानोदय मावि जोगमाईले लिएको छ ।
विजयी टोली र खेलाडीलाई एक कार्यक्रमबिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । नेपाल ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर देवानको अध्यक्षता र माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आथित्यता समापन कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण