केन्द्रीय समिति बैठकअघि माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा
आइतबार, २१ पुस २०८१, ०९ : ४४

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बिहान ८ बजे बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी बसेको हाे ।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
यस्तै नेताहरूको कार्यविभाजन, विधानमा देखिएको अस्पष्टता, वामपन्थी दलहरूबिच पार्टी एकता लगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।
यसअघि प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरू आ–आफ्ना सुझाव दिएका थिए । बैठक सकिएपछि आजै दिउँसो १ बजेदेखि केन्द्रीय बैठक सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण