केन्द्रीय समिति बैठकअघि माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा
आइतबार, २१ पुस २०८१, ०९ : ४४
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बिहान ८ बजे बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी बसेको हाे ।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
यस्तै नेताहरूको कार्यविभाजन, विधानमा देखिएको अस्पष्टता, वामपन्थी दलहरूबिच पार्टी एकता लगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।
यसअघि प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरू आ–आफ्ना सुझाव दिएका थिए । बैठक सकिएपछि आजै दिउँसो १ बजेदेखि केन्द्रीय बैठक सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण