दौडिएर फोहोर टिप्नेलाई ५० हजार रुपैयाँसम्म पुरस्कार
काठमाडौँ । काठमाडौँको स्वच्छता, हरियाली प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पुस २७ गते ‘काठमाडौँ ट्रयास कलेक्सन रेस २०२५’ आयोजना हुँदैछ । यो कार्यक्रम राजधानीमा तेस्रो संस्करण हो ।
तीनकुने खुला मैदानबाट सुरु हुने यो म्याराथन नयाँ बानेश्वर, माइतीघर हुँदै पुनः माइतीघरबाट फर्किँदै तीनकुने खुल्ला मैदानमा समाप्त हुनेछ । यस प्रतियोगितामा निःशुल्क भाग लिन सकिनेछ । एउटा टिममा बढीमा दुई जना बस्न सक्नेछन् । कार्यक्रमलाई नगर प्रहरी र स्वयंसेवकले सुरक्षा दिनेछन् ।
दुई जना सहभागी भएको एउटा टिमले एक घण्टाभित्र सबैभन्दा बढी र छिटो फोहोर ल्याउनु पर्नेछ । यसरी टिपेर ल्याएको फोहोर जोखेर सबैभन्दा बढी ल्याउनेलाई विजेता घोषणा गरिनेछ । प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः ५०, २५ र १५ हजार पुरस्कारसँगै मेडल प्राप्त गर्ने छन् । यस प्रतियोगितामा सहभागी हुन मैना देवी फाउन्डेसनको वेबसाइटमा गएर अनलाइनमा फर्म भर्नु पर्नेछ । उक्त दिन बिहानै तीनकुने मैदानमा पनि फर्म भर्न सकिनेछ ।
मैनादेवी फाउन्डेसनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण