एलन मस्कका पिता भन्छन्– ‘मेरो छोरा इङ्लिस क्लब लिभरपुल किन्न चाहन्छ’
काठमाडौँ । अमेरिकी खर्बपति ब्यापारी एलन मस्कले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल खरिद गर्ने चाहना ब्यक्त गरेका छन् । एलन मस्कका पिता एरोल मस्कले पनि आफ्नो छोराले लिभरपुल क्लब खरिद गर्न चाहेको बताएका छन् ।
तर, फेनवे स्पोर्टस समूहले भने आफ्नो क्लब लिभरपुल बेच्न कुनै चासो देखाएको छैन । एलन मस्कले पनि औपचारिक रुपमा क्लब खरिद गर्न कुनै प्रस्ताव राखेका छैनन् । तर, एलन मस्कका पिता भने आफ्नो छोराले लिभरपुल क्लब खरिद गर्न आफू निकटहरुसँग छलफल अघि बढाएको दाबी गरेका छन् ।
‘यो हल्लामा कुनै सत्यता छैन,’ फेवने स्पोर्टस समूहका प्रवक्ताले एसोसिएटेड प्रेससँगको कुराकानीमा भनेका छन् । एलन मस्कभन्दा पनि उनको पिता र परिवारका अन्य सदस्य लिभरपुल क्लब खरिद गर्न बढी इच्छुक देखिएको दाबी समाचारमा गरिएको छ ।
करिब एक वर्षदेखि एरोल मस्कले पटक–पटक लिभरपुल खरिद गर्न चासो राख्दै आएका छन् । त्यसकै पुनरावृति गर्दै अहिले आएर एरोल मस्कले फेरि लिभरपुल क्लब खरिद गर्ने प्रसंग झिकेको हुनसक्ने अनुमान गरिएको छ ।
‘पक्कै पनि, किन्न चाहनु र किन्नु फरक कुरा हो । एलन लिभरपुल क्लब खरिद गर्न इच्छुक छन् तर, किनिसकेका छैनन्,’ टाइम्स रेडियोसँगको कुराकानीमा एरोल मस्कले भनेका छन्, ‘एलनको लिभरपुल सहरसँग पारिवारिक सम्बन्ध गाँसिएको छ । त्यसैले पनि उनी लिभरपुल क्लब खरिद गर्न इच्छुक देखिएका हुन् ।’
एलन मस्ककी हजुरआमाको जन्म लिभरपुल सहरमा भएको थियो । ‘लिभरपुल सहरसँग हामी अभिन्न रुपमा जोडिएका छौँ । हाम्रो परिवारका थुप्रै सदस्य त्यही माटोमा जन्मिएर हुर्किएका हुन्,’ एरोल मस्कले अन्तरवार्ताका क्रममा भनेका छन् । फोर्बसका अनुसार, अहिले एलन मस्कको कुल सम्पत्ति ४१६.८ बिलियन अमेरिकी डलर रहेको छ । फोर्बसकै अनुसार, इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलको मूल्य भने ५.३७ बिलियन अमेरिकी डलर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण