रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
शुक्रबार, २६ पुस २०८१, ०३ : ३२

काठमाडौं । रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले हराउँदै रियाल फाइनलमा पुगेको हो ।
रियाललाई विजयी गराउन बेलिंघन र रोड्रिगोले एक-एक गोल गर्दा एक गोल भने एक गोल आत्मघाती उपहार आएको हो । निर्धारित समयपछिको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोल गरेका हुन् ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा एथ्लेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले फाइनल यात्रा तय गरेको थियो । अब, आइतबार यी दुई हस्तीबीच फाइनल भिडन्त हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिएटिभ विद्यालयसँग ७१ रनले हार्यो नेक्सस इन्टरनेशनल
-
नीति तथा कार्यक्रमप्रति रिटर्नी फेडेरेसन नेपालको असन्तुष्टि
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा रेडियन्ट रिडर्सको सहज जित
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास