जय शाहको स्थानमा बीसीसीआईको सचिव बने देवजित सैकिया
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सचिवको जिम्मेबारी देवजित सैकियाले पाएका छन् । बीसीसीआईमा उनले अब जय शाहको स्थान लिनेछन् । बीसीसीआईको विशेष साधारणसभाले देवजितलाई सचिव बनाउने निर्णय लिएको हो ।
विशेष साधारणसभाले प्रभतेज सिंह भाटियालाई बीसीसीआईको कोषाध्यक्ष बनाउने निर्णय पनि गरेको छ । जय शाहले गत डिसेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) चेयरम्यानको जिम्मेबारी सम्हालेपछि बीसीसीआईको सचिव पद रिक्त बनेको थियो ।
जय शाह आईसीसीको चेयरम्यान बनेपछि बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले संस्थाको विधान अनुसार, देवजितलाई अन्तरिम सचिव बनाएका थिए । अध्यक्ष रोजर बिन्नीको सोही निर्णयलाई अहिले विशेष साधारणसभाले अनुमोदन गरेको हो ।
बीसीसीआईको विधान अनुसार, कुनै पद रिक्त भएमा ४५ दिनभित्र त्यो पदमा नयाँ नियुक्ती गर्नु पर्ने हुन्छ । प्रभतेज सिंह भाटियाले भने आशिष शेलारको स्थानमा कोषाध्यक्ष पद पाएका हुन् ।
आशिष शेलारले महाराष्ट्र सरकारमा मन्त्रीको जिम्मेबारी पाएपछि बीसीसीआईको कोषाध्यक्ष पद छाडेका थिए । देवजित सैकिया पूर्वक्रिकेटर हुन् । उनले प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । उनी असमका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण