प्रकाश सपुतले किन प्रयोग गरे फिल्मको गीतमा ‘कामी’ शब्द ?
काठमाडौँ । ‘कामी’ शब्दले विश्वकर्मा जातिलाई अपमान गरेको भन्दै २०७७ सालमा यसको खारेजीको मागसहित सर्वोच्चमा मुद्दा परेको थियो । राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीमा विश्वकर्मा जातिलाई ‘कामी’ भनेर उल्लेख छ । तर, यही समुदायका कतिपयले ‘कामी’ शब्दलाई अपमानजनक मान्दै आएका छन् र बेलाबेलामा यस विषयमा विवाद पनि निम्तिँदै आएको छ ।
तर, दलित (विश्वकर्मा) समुदायबाट प्रतिनिधित्व गर्ने गायक प्रकाश सपूतले भने आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’मा ‘कामी’ शब्द प्रयोग गरेका छन् । शनिबार सार्वजनिक ‘साँझ पर्यो झमक्क’ बोलको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले प्रकाशलाई ‘कामी’ भनेर सम्बोधन गर्छिन् ।
गीतमा प्रयोग भएको शब्दलाई लिएर कार्यक्रममै प्रश्न राखिएको थियो, ‘कामी’ शब्द होच्याउने हिसाबले प्रयोग हुने गरेको आरोपका बिच तपाईँले यसलाई स्थापित गर्न खोज्नुभएको कि विवाद निम्त्याउन ?’ जवाफमा उनले फिल्ममा यो शब्दलाई होच्याउने हिसाबले प्रयोग नभएको बताए । सपुतले भने, ‘होच्याएर भनिँदा होच्याए जस्तो लाग्ने हो । तर, यो नेपालको थरहरूमा सूचीकृत छ । फिल्ममा जसरी प्रस्तुत गरिएको छ, त्यसले होच्याएको महसुस हुँदैन । यसलाई रमाइलो तरिकाले लिने उनले आफ्नो बुझाइ राखे । लिनुहुन्छ भन्ने मलाई लाग्छ ।’
प्रकाश ‘कामी’ विषयमा बहस हुन जरुरी ठान्छन् । ‘मलाई लाग्छ यो बहसकै विषय हो । तर, यसलाई कसरी भन्यो भन्ने कुराले अर्थ राख्छ जस्तो लाग्छ । कामी, दमाई वा बाहुन भन्नु नेपालका सूचीकृत थरहरू हुन् । फिल्ममा जसरी भनिएको छ, त्यो होच्याउने हिसाबले भनिएको छैन,’ उनले भने ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमाले पनि कुनै पनि शब्द कुन नियतले भनिएको हो भन्ने कुराले अर्थ राख्ने बताइन् । ‘गीतमा बाहुनी पनि भनिएको छ । बाहुनीभन्दा बाहुनीहरूलाई जिस्काएको जस्तो लाग्दैन होला । त्यसरी नै हेर्नुपर्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण