बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे छलफल
सोमबार, २९ पुस २०८१, ०९ : १०
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताको बारेमा छलफल गरेका छन्। यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो।
ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।
राष्ट्रपति बिडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि जोड दिएका छन्।
यो वार्ता नेतान्याहुको बयानपछि भएको हो जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनेर यसअघि नै भनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण