च्याम्पियन्स ट्रफी : बाभुमाको नेतृत्वमा दक्षिण अफ्रिकाको टोली घोषणा
काठमाडौँ । २०२५ च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको नेतृत्व टेम्बा बाभुमाले गरिरहेका छन् र यसमा भारतमा भएको २०२३ विश्वकपमा सेमिफाइनल पुग्ने टोलीका सदस्यमध्ये १० खेलाडी रहेका छन् ।
चोटका कारण घरेलु सिजन गुमाएका तीव्र गतिका बलर एनरिच नोर्टजे र लुंगी एनगिडी दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा छनोट भएका छन्। नोर्टजे खुट्टा भाँचिएर बाहिरिएका थिए भने एनगिडीको ग्रोइनमा चोट लागेको थियो। नोर्टजेले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुन २९ मा भारतविरुद्धको टी–२० खेलमा खेलेका थिए । एनगिडीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल ७ अक्टोबरमा आयरल्यान्डविरुद्धको एकदिवसीय खेलमा खेलेका थिए।
दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको समूह बी मा छ र उसले आफ्नो अभियानको सुरुवात अफगानिस्तान विरुद्ध फेब्रुअरी २१ मा कराँचीमा गर्नेछ। त्यसपछि फेब्रुअरी २५ मा रावलपिण्डीमा अस्ट्रेलियासँग खेल्नेछ र समूहको अन्तिम खेल मार्च १ मा इङ्ल्यान्डसँग हुनेछ । यो खेल कराँचीमा हुनेछ ।
सन् १९९८ मा पहिलो पटक सुरु भएको यो प्रतियोगिता दक्षिण अफ्रिकाले जितेको थियो । बंगलादेशमा आयोजना भएको यस प्रतियोगिताको फाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि हात पारेको थियो ।
दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफी टोली : टेम्बा बाभुमा (कप्तान), टोनी डी जोरजी, मार्को यान्सेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, एनरिच नोर्टजे, कागिसो रबाडा, रयान रिकेल्टन, तबरेज शाम्सी, ट्रिस्टन स्टब्स र रासी भान डर डुसेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण