रक्षाको मामिलामा अमेरिकासँग काम गर्नेबारे के भन्छ ग्रीनल्यान्ड ?
ग्रीनल्याण्ड । ग्रीनल्याण्डका प्रधानमन्त्री म्युट इज्डेले आफ्नो देशको रक्षा र खनिज उत्खननको क्षेत्रका अमेरिकासँग निकट सहकार्य गर्न चाहेको बताएका छन् ।
आफ्नो सरकारले अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग काम गर्ने तरिकाहरू खोजिरहेको उनको भनाइ छ । दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले बारम्बार ग्रीनल्याण्ड कब्जा गर्ने कुरा दोहोर्याइरहेका छन् ।
यस्तोमा इज्डेको यो बयान आएको हो । सोमबारै ग्रीनल्यान्डका विदेश मन्त्रीले आर्कटिक क्षेत्रमा अमेरिकाको वैधानिक हित सुनिश्चित गर्न ट्रम्पसँगको वार्तामा ग्रीनल्यान्डसँग मिलेर काम गर्ने बताएका थिए ।
ग्रीनल्याण्ड आर्कटिक क्षेत्रमा रहेको डेनिस क्षेत्र हो । उत्तर अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा ग्रीनल्यान्ड पर्दछ । अमेरिकाको लागि रणनीतिक रूपले यो निकै धेरै महत्त्वपूर्ण छ । यहाँ ब्याट्री र हाइ–टेक उपकरण बनाउन चाहिने कयौँ दुर्लभ धातु पाइन्छ । आफ्नो पहिलो कार्यकालको बेलामै ट्रम्पले ग्रीनल्यानड किन्न खोजेका थिए ।
दोस्रो पटक राष्ट्रपति निर्वाचित भएयता उनले पटक पटक अमेरिका र अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्यानड अमेरिकालाई चाहिएको बताइसकेका छन् । इज्डेले यस अघि नै ग्रीनल्यान्ड विक्रीका लागि नभएको र यो विक्रीका लागि नराखिने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण