ईयूबाहिरका नागरिकले किन्ने घरमा शतप्रतिशत कर लगाउँदै स्पेन
म्याड्रिड । यूरोपेली संघ (ईयू) बाहिरका नागरिकले आफ्नो देशमा किन्ने घरमा स्पेनले शतप्रतिशत कर लगाउने योजना बनाइरहेको छ ।
प्रधानमन्त्री पेद्रो साञ्चेजले यस्तो घोषणा गरेका हुन् । स्पेनको घरजग्गा बजारमा घरको पर्याप्त उपलब्धता नभइरहेको स्थितिमा यो समस्याको समाधान गर्न साञ्चेजले शतप्रतिशत करको घोषणा गरेका हुन् ।
पश्चिमले यति बेला निर्णायक चुनौतीको सामना गरिरहेको र त्यो चुनौती समाजलाई धनी घर मालिक र गरिब बहालवालाबीच विभाजित हुन नदिनु भएको पनि उनले बताए ।
सन् २०२३ मा ईयू बाहिरका बासिन्दाले स्पेनमा २७ हजार घर÷फ्ल्याट÷अपार्टमेन्ट किनेका थिए । उनीहरूले यी सम्पत्ति स्पेनमा आएर बस्नका लागि नभएर लगानी गरेर पैसा कमाउन किनेको म्याड्रिडमा आयोजित एउटा आर्थिक मञ्चमा साञ्चेजले भनेका थिए । स्पेनको घरजग्गा बजारमा उपलब्ध घरहरू बस्नकै लागि किन्न खोज्नेका लागि उपलब्ध होस् भनेर यो कदम चाल्न लागिएको पनि उनले बताए । करले कसरी काम गर्छ वा यसको समयसीमाको भने साञ्चेजले कुनै विवरण दिएका छैनन् ।
सावधानीपूर्वक अध्ययन गरेपछि यो प्रस्तावलाई आफ्नो सरकराले अन्तिम रुप दिने उनले बताएका छन् । सोमबार घरजग्गाको उपलब्धता सुधार्न साञ्चेजले एक दर्जनभन्दा धेरै उपायहरू घोषणा गरेका थिए । अन्य उपायमा सुपथ मूल्यमा घर उपलब्ध गराउने घर मालिकलाई कर छूट, पयर्टकहरू बस्ने फ्ल्याटमा उच्च कर र कसिलो नियमन लगायतका उपायहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण