अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
बुधबार, ०२ माघ २०८१, ११ : ०४
नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । केजरीवालमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई स्वीकृति दिएको हो ।
गत वर्षको नोभेम्बरमा सर्वाेच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने आदेश दिएको थियो । केजरीवाललाई ईडीले मदिरा घोटालाको मास्टरमाइन्ड र किंगपिन बताउँदै आएको छ ।
केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई मदिरा घोटाला प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणमा संलग्न भएको आरोपमा सम्पत्ति शुद्धिकरण अधिनियम (पीएमएलए) अन्तर्गत मुद्दा चलाउन ईडीलाई निर्देशन दिएको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण