आईसीसी महिला यू–१९ विश्वकप : भारतले सजिलै हरायो वेस्ट इन्डिजलाई
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा भारतले वेस्ट इन्डिजमाथि नौ विकेटको सजिलो जित हासिल गरेको छ । जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।
समूह ‘ए’ अन्तर्गतको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १३.२ ओभरमै अलआउट हुनुअघि ४४ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४.२ ओभरमै केवल एक विकेट गुमाएर ४७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
वेस्ट इन्डिजका लागि केनिका कसारले सर्वाधिक १५ रन बनाइन् । ओपनर असाबी क्यालेन्डरले पनि १२ रन जोडिन् । वेस्ट इन्डिजका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । क्यारेबियन टोलीले अतिरिक्त रुपमा आठ रन पायो ।
भारतीय टोलीका बलर पारुनिका सिसोडियाले तीन तथा भीजे ज्योसिथा र आयुषी शुक्लाले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको भारतका लागि सनिका चल्कले अविजित १८ रन बनाइन् । उनले ११ बलमा तीन चौका पनि हिर्काइन् ।
ओपनर जी. कमलिनीले पनि अविजित १६ रनको योगदान गरिन् । उनले १३ बलको सामना गरी तीन चौका हिर्काइन् । अर्की ओपनर गोनगादी तृषाले चार रन जोडिन् । भारतले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण