राहुल गान्धीविरुद्ध एफआईआर दर्ता
असाम । गुवाहाटीको पानबजार पुलिस स्टेशनमा भारतीय कंग्रेसका नेता राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको छ ।
राहुलले भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने अभिव्यक्ति दिएको आरोप लगाइको हो । बीएनएसको धारा १५२ अन्तर्गत, यसलाई गैर-जमानती अपराधको श्रेणीमा राखिएको छ ।
उजुरीकर्ता गुवाहाटी उच्च अदालतका वकिल मोनजित चेतियाले भने, ‘राहुलको भनाइले भाषणको सीमा नाघ्यो, देशको सुरक्षामा गम्भीर खतरा पैदा भयो। विपक्षी दलको नेता समेत भएका व्यक्तिले सार्वजनिक मञ्चबाट गरेको वक्तव्य सामान्य राजनीतिक टिप्पणी होइन ।’
राहुलले जनवरी १५ मा कांग्रेस पार्टी मुख्यालयको उद्घाटनमा बीजेपी र आरएसएसले हरेक संस्था कब्जा गरेको बताउँदै अहिले आफूहरू भाजपा-आरएसएस र भारतीय राज्यसँग लडिरहेको बताएका थिए ।
राहुलको बयानलाई लिएर हिन्दु सेनाले दिल्ली प्रहरी आयुक्तलाई उजुरी पनि दिएको थियो, जसमा राहुलको राष्ट्रविरोधी बयानका लागि कारबाही गर्नुपर्ने माग गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण