कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु
एजेन्सी । कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला ससस्त्र लडाकूबीच नयाँ श्रृङ्खला बिस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ । सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो । नेशनल लिबरेशन आर्मी (ईएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।
नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउठाउमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’ अनुमान गरिएको छ । मोटरसाइकल, डुङ्गामा ब्याकप्याक र सामान बोकेका वा खुला ट्रकमा बसी हिंसाबाट त्रसित बासिन्दाहरू सप्ताहन्तमा यस क्षेत्रबाट भागेका थिए।
आर्थिक र राजनीतिक उथलपुथलबाट गाउहरूबाट भागेर सयौँले तिबु शहरमा शरण लिएका थिए भने केही सीमा पार गरेर भेनेजुएला पुगेका थिए। भेनेजुएलाले ‘कोलम्बियाबाट विस्थापित व्यक्तिहरूको सहायताका लागि एक विशेष अभियान’ सुरु गरेको घोषणा गरेको कोलम्बिया सरकारले जनाएको छ ।
भेनेजुएला भागेका ४५ वर्षीय किसान जियोभान्नी भालेरोले भने- ‘कोलम्बियाली नागरिकको हैसियतले मेरो देश छोड्नु मेरो लागि पीडादायी छ ।क्याटाटुम्बोको अवस्था सुल्झिने छ र उनीहरू फर्कन सक्नेछन् भन्ने आशा विस्थापित सर्वसाधारणले गरेका छन् ।’
सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए । ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण