श्रममन्त्रीसँग कोरियाका विदेशमन्त्रीका विशेष दूतको भेटवार्ता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग दक्षिण कोरियाका विशेष दूत ली लियोङ्क्यूले शिष्टाचार भेटवार्ता गरेका छन् । कोरियाका विदेशमन्त्रीका विशेष दूत बनेर नेपाल भ्रमणमा आएका लियोङ्क्यू र मन्त्री भण्डारीबिच कोरियामा रहेका नेपाली श्रमिक र अन्य विविध विषयमा छलफल भएको थियो ।
विशेष दूतले नेपाली श्रमिकहरूले दक्षिण कोरियामा राम्रो काम गरेको र कोरियाको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएकोमा उच्च प्रशंसा गरेका थिए । आगामी दिनमा समेत ईपीएस प्रणालीमार्फत नेपाली कामदारलाई कोरिया लैजाने र सीपयुक्त कामदारलाई अवसर दिने सम्बन्धमा समेत दक्षिण कोरिया सकारात्मक रहेको बताएका थिए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरूको उत्कृष्ट गन्तव्य मुलुक रूपमा रहेको बताए । रोजगारीका अवसरहरूमा नेपाली कामदारलाई उच्च प्राथमिकता दिनुका साथै सीपयुक्त जनशक्ति निर्माण गर्ने कार्यमा समेत सहकार्य गर्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण