गण्डकीको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस
मङ्गलबार, ०८ माघ २०८१, २१ : ३२
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । मंगलबार बसेको गण्डकीको मन्त्रिपरिषद् बैठकले माघ २१ गते प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गाँजा खेतीलाई मान्यता दिलाउन तयार गरिएको विधेयक संसदमा ‘टेबुल’ गर्ने निर्णय पनि गरेको छ ।
यस्तै प्रदेशभित्रका आयुर्वेदिक अस्पतालमा कर्मचारी भर्ना गर्ने निर्णय भएको छ । हिउँदे अधिवेशनमा १० वटा हाराहारी विधेयक पास गर्ने तयारी सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण