खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन पक्राउ
काठमाडौँ । भोजपुरमा पक्राउ गरेर काठमाडौँ ल्याउने क्रममा प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ ६ बजेतिर सिन्धुलीको खुर्कोटबाट फरार भएका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई पक्राउ गरिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए । एसपी काफ्लेले भने, ‘भागेको ८ घण्टामा पक्राउ गरेर काठमाडौँ पठाएका छौँ ।’
खुर्कोट नजिकै अँधेरी पुलमा शौच गर्ने बहानामा २५ वर्षीय ग्लोरी भागेका हुन् । जंगलतर्फ भागेका उनी सर्लाही जाँदै गरेको ईभी गाडीमा चढेर जाँदै गरेको अवस्थामा फेला परेका हुन् । उनलाई सिन्धुलीगढीमा खटिएको टोलीले पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए ।
अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ । भोजपुर प्रहरीले उनलाई ७ माघमा भोजपुरको पौवादुम्बा गाउँपालिका–३ बाट पक्राउ गरेर काठमाडौँ ल्याउँदै थियो । भोजपुर प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण