मेक्सिको–अमेरिकाको सीमामा ट्रम्पले १० हजार सिपाही पठाउने

वासिङटन डीसी । अमेरिकामा भर्खरै पदभार सम्हालेका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोतर्फको सीमामा १० हजार जनासम्म सिपाही पठाउने भएका छन् । यसअघि ट्रम्पले सीमामा केही थान चपर र हेलिकप्टरको साथमा १ हजार ५ सय सिपाही र नौसेनाका जवानहरू पठाएको खबर आएका थिए ।
सेनाका यी जवानहरू कानुन पालना गर्न नभएर सीमामा पर्खाल खडा गर्ने काममा संलगन हुने भनिएको थियो ।
आफूले हेरेको आन्तरिक सरकारी मेमोका अनुसार ट्रम्पले दक्षिणी सीमामा १० हजार जनासम्म सिपाही पठाउन सक्ने सीबीएस न्यूजलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । उक्त मेमो जनवरी २१ को भएको बताइएको छ । यो भनेको ट्रम्पले कार्यभार सम्हालेको भोलिपल्ट हो ।
यसअघि नै दक्षिणी सीमामा २ हजार ५०० सिपाही खटाइएको थियो । हालै अरू १ हजार ५०० जनालाई पठाउन लागिएको छ । अमेरिकी रक्षा मन्त्रालयका शिविरलाई अमेरिकाबाट बाहिरिन चाहने आप्रवासीलाई राख्ने केन्द्रको रूपमा प्रयोग गर्न सकिने पनि मेमोमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उँभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा