मेक्सिको–अमेरिकाको सीमामा ट्रम्पले १० हजार सिपाही पठाउने
वासिङटन डीसी । अमेरिकामा भर्खरै पदभार सम्हालेका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोतर्फको सीमामा १० हजार जनासम्म सिपाही पठाउने भएका छन् । यसअघि ट्रम्पले सीमामा केही थान चपर र हेलिकप्टरको साथमा १ हजार ५ सय सिपाही र नौसेनाका जवानहरू पठाएको खबर आएका थिए ।
सेनाका यी जवानहरू कानुन पालना गर्न नभएर सीमामा पर्खाल खडा गर्ने काममा संलगन हुने भनिएको थियो ।
आफूले हेरेको आन्तरिक सरकारी मेमोका अनुसार ट्रम्पले दक्षिणी सीमामा १० हजार जनासम्म सिपाही पठाउन सक्ने सीबीएस न्यूजलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । उक्त मेमो जनवरी २१ को भएको बताइएको छ । यो भनेको ट्रम्पले कार्यभार सम्हालेको भोलिपल्ट हो ।
यसअघि नै दक्षिणी सीमामा २ हजार ५०० सिपाही खटाइएको थियो । हालै अरू १ हजार ५०० जनालाई पठाउन लागिएको छ । अमेरिकी रक्षा मन्त्रालयका शिविरलाई अमेरिकाबाट बाहिरिन चाहने आप्रवासीलाई राख्ने केन्द्रको रूपमा प्रयोग गर्न सकिने पनि मेमोमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण