पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च
काठमाडौँ । सरकारले पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०८०/०८१ सम्ममा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ खर्च गरेको हो ।
सो अवधिमा कृषि सामाग्री कम्पनीले ५५ अर्ब ०९ करोड ६४ लाख ७९ हजार रुपैयाँको रासायनिक मल आयात गरेको हो भने, साल्ट टे«डिङ कम्पनीले ३२ अर्ब २६ करोड ३२ लाख ९४ हजार रुपैयाँको मल आयात गरेको मन्त्रालयले जनाएको छ । यी दुई कम्पनीले सरकारी अनुदानमा नेपालमा रासायनिक मल भित्र्याउँदै आएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ३१ करोड ५० लाख १८ हजार रुपैयाँ रासायनिक मलमा खर्च भएको छ । यस्तै, आर्थिक वर्ष ७७/७८ मा ९ अर्ब ३० करोड ८० लाख ८१ हजार रुपैयाँको रासायनिक मल आयात गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १४ अर्ब ३९ करोड ६७ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब ९६ करोड ७५ लाख ४९ हजार रुपैयाँको रासायनिक मल आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब ३७ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको रासायनिक मल आयात गरिएको मन्त्रालयको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण