फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी प्रदेश सरकारले काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् । रातोपाटीसँगको भेटका क्रममा उनले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर भइसकेको जानकारी दिए ।
प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । प्रदेशसभाको गत आइतबारको बैठकले उपभोक्ता समितिबाट काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।
प्रस्तावमा ५० लाख रुपैयाँभन्दा माथिका काम अनिवार्य ठेक्का प्रक्रियाबाट गर्ने र अन्यको हकमा नेपालको सार्वजनिक खरिद ऐनअनुसार गर्ने भनिएको छ । प्रदेश सरकारले एकैखालका विकास योजनालाई एकीकृत गरेर विनियोजन गरेको काम र रकमसमेत बाँडफाँट गरिने उल्लेख छ ।
मधेस सरकारले चालु आवमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट खर्चमा प्रदेश सरकार उदासीन बनेको आरोपपछि पछिल्लो समय टेन्डर प्रक्रियालाई तीव्रता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण