गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा
शनिबार, १२ माघ २०८१, २२ : २८
गण्डकी । गण्डकी प्रदेश स्थापना दिवस अबदेखि माघ २२ गते मनाउने सर्वपक्षीय निर्णय भएको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
यसअघि प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेशसभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।
यसैगरी प्रकृतिका दुई कार्यक्रम भइरहेकामा अबदेखि प्रदेशसभा स्थापना भएको दिन माघ २२ गते प्रदेश स्थापना दिवसका रुपमा मनाउने निर्णय गरिएको हो ।
मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुखलगायत सरोकार भएका पक्षको संयुक्त बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण