जनताको उत्पादनलाई सी व्यापार केन्द्रमा जोड्न विप्लवलाई गंगा श्रेष्ठको सुझाव
सोमबार, १४ माघ २०८१, १५ : ३२
काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जनताको उत्पादनलाई पनि एकीकृत उत्पादनमा जोड्न नेत्रविक्रम चन्द विप्लवलाई सुझाव दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले सोमबार बुढानीलकण्ठमा सुरु गरेको ‘सी व्यापार केन्द्र’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘नेकपाले गरेको उत्पादन अर्ग्यानिक छन् । त्यो पर्याप्त छैन । गर्नुपर्ने राज्यले हो । जनताको उत्पादन पनि जोड्न म सुझाव दिन्छु’, उनले भने ।
नेपालमा श्रम संस्कृति कमजोर भइरहेको र कामचोर बढिरहेको अवस्थामा विप्लवले सुरु गरेको उत्पादन नीति सराहनीय भएको उनले बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत नेताहरू सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण