बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् । बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन ।
मुख्यमन्त्री आचार्यले बाल विवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताउँदै बाल बालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । लुम्बिनी प्रदेशभित्र बालविवाह सामाजिक समस्याको रूपमा रहेको उनले बताए ।
यस्तै मुख्यमन्त्री आचार्यले बाँके र बर्दियामा बसोबास रहेको चिडिमार समुदायलाई सीमान्तकृत, अल्पसङ्ख्यकको रूपमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री आचार्यसहित प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण