सुन्दरहरैँचामा अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप हुने
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ।
विराट भेट्रान क्लबद्वारा आयोजित प्रतियोगिता माघ १९ देखि २६ गते सम्म नगरको सुकुना खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा नेपालका आठ तथा भारतका दुई गरी दश भेट्रान टोलीको सहभागिता रहने खेल संयोजक युवेन गुरुङले जानकारी दिए। उनले प्रतियोगिताका लागि १० लाख ७० हजार अनुमानित खर्च लाग्ने उल्लेख गरे ।
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपमा प्रथम पुरस्कार रू १ लाख १ हजार १ सय ११ तथा दोस्रो हुनेले ५० हजार ५ सय ५५ तथा विभिन्न विधागत पुरस्कार ट्रफि र मेडल रहेको आयोजक क्लबका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए । उनले सहभागी खेलाडीको उमेर कम्तीमा ४० वर्ष हुनु पर्ने उल्लेख गरे ।
गोल्डकप प्रतियोगितामा एनआरसि भेट्रान सिक्किम (भारत) , दुधे भेट्रान झापा , मिल्स भेट्रान विराटनगर , हाम्रो धरान भेट्रान सुनसरी , विराट भेट्रान आयोजकको सहभागिता रहने बताइएको छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत , राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापा लगायत गोल्डकपको खेल मैदानमा प्रतिष्पर्दा गर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिताको मुख्य सहयोगी सुन्दरहरैँचा नगरपालिका तथा मुख्य प्रायोजक स्वदेशी उत्पादन पिएलओ ल्युब्रिकेन्ट् तथा जिल्ला फुटबल संघ मोरङ सहयोगकर्ता रहेको छ । अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपले अनुभवी खेलाडीहरूलाई खेलप्रति आफ्नो जोस देखाउन तथा नयाँ पुस्तालाई प्रेरणा दिन मौका दिने सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । नगर प्रवक्ता ढकालले भने -'यसले खेलकुदलाई माध्यम बनाएर अन्तर्राष्ट्रिय सम्बन्धका साथै समुदायको सहभागिता प्रवर्द्धन गर्न मद्दत पुऱ्याउँछ'।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण